संगीत गुरू कामतको शोकमा मधेस सरकारले आधा झुकायो राष्ट्रिय झन्डा

नेपालभ्युज

संगीत गुरू कामतको शोकमा मधेस सरकारले आधा झुकायो राष्ट्रिय झन्डा

जनकपुर । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले आज राष्ट्रिय झन्डा आधा झुकाएको छ ।

कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झन्डा झुकाउने निर्णय गरेको थियो ।

गायक कामतको गत बिहीबार निधन भएको थियो । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौंमा बस्दै आएका उनी आर्थिक संकटका कारण उपचार गराउन नसकेपछि एक महिनाअघि गाउँ फर्किएका थिए ।

कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved