काठमाडौं । आजको डिजिटल युगमा मोबाइल फोनको प्रयोग अत्यधिक बढिरहेको छ । तर, यसको लामो समयसम्मको प्रयोग खासगरी आँखाका लागि राम्रो मानिँदैन ।
लामो समयसम्म मोबाइल फोनको स्क्रिन हेर्दा आँखा दुख्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने, टाढाको वस्तु देख्न कठिनाइ हुने, आँखा सुख्खा हुने, निद्राको गुणस्तरमा असर पर्ने जस्ता समस्या देखिन सक्छ ।
अत्यधिक मोबाइल प्रयोगले आँखाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । तर, सही तरिकाले प्रयोग गर्दा यी जोखिमहरू कम गर्न सकिन्छ ।
कसरी कम गर्ने जोखिम ?
- आँखाको सुरक्षाको लागि वातावरणअनुसार फोनको ब्राइटनेस घटाउनुहोस् ।
- राति फोन चलाउँदा ब्लू लाइट फिल्टर अन गर्नुहोस् ।
- फोनलाई आँखाबाट कम्तीमा २० सेन्टिमिटर टाढा राख्नुहोस् ।
- लामो समय फोन नचलाउनुहोस्, बीच बीचमा आराम गर्नुहोस् ।
- वर्षमा एक पटक आँखाको चेकजाँच गर्नुहोस् ।
- सुत्नुअघि कम्तीमा १ घण्टा अघि फोन बन्द गर्नुहोस् ।
यी कुराहरूलाई अपनाएर हामी आफ्नो आँखाको सुरक्षा गर्न सक्छौँ । याद राख्नुहोस्, स्वस्थ आँखा नै स्वस्थ जीवनको आधार हो ।
Facebook Comment
Comment