काठमाडौं । स्वयम्भूमा सोमबार भोलिदेखि एक महिनासम्म मेला लाग्ने भएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदा स्वयम्भू क्षेत्रका सम्पदा स्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
मन्दिर आसपासका अस्थायी पसल हटाइएको छ । मेलामा थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा गर्ने परम्परा छ ।
Facebook Comment
Comment