नेवार समुदायले मनाए गथामुग पर्व (तस्वीरहरु)

काजक्रिया गर्नको लागि टोलटोलमा पैसा (जगत) उठाउने परम्परा पनि रहिआएको छ। वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन खेतीपातीमा सहयोग गर्न आह्वान गरिएका भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई यस दिन तन्त्रोक्त विधिले बिदा गरिन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ।

नेपालभ्युज

नेवार समुदायले मनाए गथामुग पर्व (तस्वीरहरु)

भक्तपुर। शुक्रबार नेवार समुदायले धार्मिक एवम् सांस्कृतिक पर्व “गथामुग” मनाएका छन्। श्रावण कृष्ण चतुर्दशीको दिन मनाइने यो पर्व, नेवार समुदाय बसोबास गर्ने काठमाडौँ उपत्यकासहित दोलखा, पाल्पा, बन्दीपुर लगायतका शहरहरुमा विशेष उत्साहका साथ मनाइन्छ।

यस पर्वमा मुख्यत भगवान् शिवका पुत्र कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ। यस अवसरमा घण्टाकर्ण नामक राक्षसको सन्तानको प्रतीकको रूपमा एक आकृति बनाएर उसको काजक्रिया गरिन्छ।

काजक्रिया गर्नको लागि टोलटोलमा पैसा (जगत) उठाउने परम्परा पनि रहिआएको छ। वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन खेतीपातीमा सहयोग गर्न आह्वान गरिएका भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई यस दिन तन्त्रोक्त विधिले बिदा गरिन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ।

यसदिन बिहानै मठमन्दिर र दोबाटोको छेउमा नर्कटमा पराल वा छ्वाली बेरेर घण्टाकर्णको आकृति बनाएर ठड्याइन्छ। यसरी बनाइएको आकृतिलाई साँझ जलाए सँगै पर्व समाप्त हुन्छ।

घण्टाकर्णको आकृति जलाउँदा उत्पन्न हुने धुवाँमा बालबालिकालाई नगाएमा वा उनीहरूलाई उक्त धुवाँले सेकाएमा भूतप्रेत नलाग्ने र रोगव्याधी हट्ने जनविश्वास समेत रहिआएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved