प्रदेश सरकार फेरिनुमा मेरो दोष छैन, केन्द्रीय राजनीति कारण बन्यो : मुख्यमन्त्री सोडारी

नेपालभ्युज

प्रदेश सरकार फेरिनुमा मेरो दोष छैन, केन्द्रीय राजनीति कारण बन्यो : मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारहरूले स्थायित्व प्राप्त गर्न नसकेको बताएका छन् ।

शुक्रबार जारी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “६/६ महिना; अझ त्यति पनि नपुग्दै प्रदेश सरकारहरू फेरिँदा प्रदेश सरकारहरूले स्थायित्व प्राप्त गर्न सकेनन् । यसले विकास र समृद्धिको हाम्रो चाहना पूरा भएन,” मुख्यमन्त्री सोडारीले भने ।

उनले प्रदेशमा जे देखियो, त्यो प्रदेश सरकार वा मुख्यमन्त्रीको कारण नभएको बताएका छन् । “यो सबै केन्द्रीय राजनीतिका कारणले गर्दा भएको हो । यसमा मेरो दोष केही छैन,” उनले भने ।

उनले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved