रुपन्देही । लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि आफ्नो मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच शुक्रबार बुटवलमा भएको छलफलपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको हो ।
कांग्रेसबाट मन्त्री बन्नेहरू
आर्थिक मामिला तथा योजनाः धनेन्द्र कार्की (गुल्मी)
सहरी विकास तथा खानेपानीः रोज राणा भनिने सरोज थापा (प्यूठान)
वन तथा वातावरणः बादशाह कुर्मी (बाँके)
उद्योग, पर्यटन तथा यातायातः प्रचण्डविक्रम न्यौपाने (दाङ)
एमालेबाट मन्त्री बन्नेहरु
भौतिक पूर्वाधार विकासः भूमिश्वर ढकाल (रुपन्देही)
कृषि तथा भूमि व्यवस्था: दिनेश पन्थी (गुल्मी)
स्वास्थ्य: खेम सारु (पाल्पा)
ऊर्जा, जलश्रोत र सिँचाइः सीता शर्मा चौधरी (दाङ)
मुख्यमन्त्री आचार्यले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।
कांग्रेसले अझै एक मन्त्री पठाउन बाँकी छ। साथै, लोसपा र जसपा जस्ता साना दलहरूको मन्त्रालय बाँडफाँड पनि टुङ्गो लाग्न बाँकी छ ।
यसअघि साउन ९ गते मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका थिए । कांग्रेसभित्रको आन्तरिक विवादका कारण कार्य विभाजन प्रक्रिया १० दिन ढिला भएको थियो ।
Facebook Comment
Comment