पाकिस्तानी पुर्वप्रधानमन्त्री खानकी पत्नीले गरिन् उच्च अदालतमा पुनरावेदन

नेपालभ्युज

पाकिस्तानी पुर्वप्रधानमन्त्री खानकी पत्नीले गरिन् उच्च अदालतमा पुनरावेदन

एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले पाकिस्तानस्थित तोसाखानाको तेस्रो मुद्दामा गिरफ्तारीविरूद्ध उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

उनले अधिवक्ता सरदार लतिफ खोसामार्फत पुनरावेदन दायर गरेको पाकिस्तानी पत्रिका डनले जानकारी गराएको छ । इमरान खान र बुशरा बीबीलाई तोसखाना मुद्दामा जमानत दिएता पनि पुन: पक्राउ गरिएको थियो ।

रावलपिन्डीको अदियाला जेलमा गिरफ्तारीको क्रममा आफुहरूमाथि अपमान गरेको पुनरावेदनमा उल्लेख छ । साथै यसमा बुशरा बीबीलाई तेस्रो मामिलामा एनएबी अध्यक्षको पक्राउपूर्जी बिना नै पक्राउ गरी राजनीतिक उत्पीडनसहित जेलमा राखिएको दाबी गरिएको छ ।

निवेदनकर्ताले आक्रमणमा संलग्न जेलर तथा महिला अधिकारीविरुद्ध कारबाही गर्न अदालतलाई अनुरोध गर्दै गिरफ्तारीलाई अवैध घोषणा गर्नसमेत आग्रह गरेकी छन् ।

यसैबीच, इमरान खानले पनि लाहोर उच्च अदालतमा पुनरावेदन दायर गरी आफूविरुद्धका मुद्दाहरूको विवरण मागेको डनले जनाएको छ । सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानी प्रधानमन्त्री  रहेका खान अगस्ट २०२३ देखि तोसाखाना, साइबर आक्रमण र गैरकानुनी विवाहलगायतका अभियोगमा जेल जीवन विताइरहेका छन् । उनकी श्रीमती पनि महिनौँदेखि जेलमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved