सेयर बजार उक्लियो २७ सयको विन्दुमा, झन्डै २२ अर्बको कारोबार

नेपालभ्युज

सेयर बजार उक्लियो २७ सयको विन्दुमा, झन्डै २२ अर्बको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अंकले बढेर २७६० दशमलव ९० को विन्दुमा पुगेको छ ।

आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ५ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज १९१ कम्पनीको सेयर भ्यालु बढेको छ भने ४४ वटा को घटेको छ । साथै, ७ वटाको स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा विकास बैंक र फाइनान्स सर्वाधिक बढेका छन् ।

बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved