आकाशमा अभद्रता : जहाजमा एयर होस्टेस जिस्काउँदा ल्यान्ड भएलगत्तै हतकडी

ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीटको अगाडी हुन्छ । आफ्नो सीट अगाडी आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काए थिए । पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन् ।

नेपालभ्युज

आकाशमा अभद्रता : जहाजमा एयर होस्टेस जिस्काउँदा ल्यान्ड भएलगत्तै हतकडी

धनगढी । श्री एयरलाइन्सको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । मंगलबार साँझ काठमाडौं–धनगढी उडान क्रममा घटना भएको हो ।

धनगढी विमानस्थल प्रहरी स्रोतका अनुसार, कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझाले एयर होस्टेसलाई अभद्र व्यवहार गरेका थिए ।

उनले होस्टेसतर्फ आफ्नो खुट्टा लगेका थिए । ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीटको अगाडी हुन्छ । आफ्नो सीट अगाडी आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काए थिए ।

पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन् ।

क्याप्टेन सुगम घिमिरेले घटनाबारे नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई जानकारी गराए । प्राधिकरणले प्रहरीलाई सूचित गरेपछि विमान अवतरण हुनासाथ ओझालाई पक्राउ गरिएको हो ।

‘अफलाइन इन्ड्राइभ’बाट युवती बल्खु जान लाग्दा पुर्‍याइयो चन्द्रागिरि, बलात्कारको आरोप !

श्री एयरलाइन्सका धनगढी स्टेसन म्यानेजर गजेन्द्र शाहीका अनुसार, ओझाले सुरुमै सिटबेल्ट लगाउन मानेनन् र एयर होस्टेसलाई जिस्क्याउन थाले । उनले सीटको ह्यान्डलमा खुट्टा राखेर ग्यालरीमा हिँड्न असहज पार्ने हर्कत गरे । एयर होस्टेसले पानी दिन आउँदा खुट्टा अड्याउने जस्ता हर्कत गरे ।

उक्त उडान ४ बजे हुनुपर्नेमा ५० मिनेट ढिला गरी ४ः५० बजे मात्र धनगढीका लागि प्रस्थान गरेको थियो । क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले विमान उडाइरहेका थिए ।

हाल ओझालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्ता घटनामा प्रायः विमान डाइभर्ट गरिने भए पनि यसपटक क्याप्टेनले गन्तव्यसम्म उडान जारी राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved