भारतको केरलामा बाढीको वितण्डा: अहिलेसम्म १ सय २३ जनाको मृत्यु, सयौं मानिस उद्दारको पर्खाइमा

नेपालभ्युज

भारतको केरलामा बाढीको वितण्डा: अहिलेसम्म १ सय २३ जनाको मृत्यु, सयौं मानिस उद्दारको पर्खाइमा

काठमाडौं । भारतको केरलामा बाढी र पहिरोका कारण कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।

अन्य दर्जनौ मानिस घाइते भएका छन् । भारी वर्षाका कारण पहिरो जाँदा फसेका अन्य ७ सय जनाको भने उद्धार गरिएको छ । सयौं मानिस पहिरोमा पुरिएको आशंका गरिएको छ ।

केरलाको दक्षिणी तटीय राज्यमा जारी मुसलधारे वर्षाले मानिसहरु त्रासमा बाचेका छन् । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा पुग्न सरोकारवालाई समस्या भएको बीबीसीले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार प्रभावित क्षेत्रबाट अहिलेसम्म १ सय २३ जनाको शव फेला परेका छन् ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले अधिकांश मानिस सुतिरहेका बेला पहिरो गएकाले मानवीय क्षति भएको बताए ।

पहिरोले भौतिक संरचनाका साथै महत्वपूर्ण सम्पदामा समेत क्षति पुगेको छ । उद्दार र राहतकालागि सेना परिचालन गरिएको छ ।

केन्द्र सरकारले घटनामा घाइते पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

केरलामा थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको छ ।

धेरै घरहरू बगाउँदा झण्डै ८ सय जना फसेकामा ७ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

ठूलो पानी परेपछि खसेको पहिरोको घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

केरला सरकारले आज र भोलि दुई दिने शोकको घोषणा गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved