काठमाडौं । महिलामाथि हिंसा बढिरहँदा सञ्चार क्षेत्रमा समेत यौनहिंसाको स्थिति कहालीलाग्दो रहेको घटना सार्वजनिक भएको छ ।
आफ्नै टेलिभिजनका कार्यरत समाचारबाचिका तथा रिर्पाेटरलाई ८ वर्षदेखि लगातार यौन शोषण गरेको आरोपमा मिडिया हाउसका तत्कालीन ‘एचआर हेड’ पक्राउ परेपछि रङ्गिन पर्दाभित्रको कालो पाटो उजागर भएको हो ।
टेलिभिजनका कार्यरत पत्रकार (बानेश्वर २६८३) लाई विभिन्न दबाब र प्रभाव देखाएर यौन शोषण गरेको आरोपमा मिडिया हाउसका पहिलेका ‘एचआर हेड’ पक्राउ परेका हुन् ।
असार १९ गते पीडितको उजुरीको आधारमा उनलाई बानेश्वर प्रहरीले पक्राउ गरेको हो । तर, दुवै जनाले अहिले त्यो संस्था छाडिसकेका छन् । दुवैले अहिले संस्था छाडे पनि त्यही कामको सिलसिलामै अपराध भएको देखिएको छ ।
तत्कालीन ‘एचआर हेड’ (2075 देखि केही वर्ष काम गरेका त्यसपछि अर्को टेलिभिजनन सीईओ भएर गएका)ले न्यूज रुमका कार्यरत युवतीलाई ८ वर्षदेखि लगातार हिंसा गरिरहेको जाहेरीमा उल्लेख छ । पीडक मीनभवनमा रहेको जनता टेलिभिजनका तत्कालीन ‘एचआर हेड’ सनदमान शाक्य हुन् ।
उनले न्यूजरुममा कार्यरत पूर्व घर भएकी युवतीलाई २०७४ चैतदेखि विभिन्न दबाबमा यौन शोषण गर्दै आइरहेको उजुरीमा उल्लेख छ । पछिल्लो पटक अषाढा १० गते राति आफूमाथि जबरजस्ती बलात्कार गरेको उजुरी परेको छ ।
शाक्य २०७४ साउनमा टेलिभिजन छिरेका थिए । ती युवती पहिल्यै त्यहाँ काम गर्दै आएकी थिइन् । अहिले श्रम गरेको ज्याला नदिने र धेरै महिना होल्ड गर्ने टेलिभिजनको सूचीमा त्यो टेलिभिजनको नाम पहिलो नम्बरमा छ ।
तर, त्यो बेलामा आर्थिक संकट भने थिएन । नियमित तलब दिइन्थ्यो । पीडित युवतीले आफूले भने अनुसारको काम मानेमा नियमित ड्युटी सेड्युल सजिलो बनाइदिने भन्दै शाक्यले फकाउँथे ।
यदि आफ्नो प्रस्ताव नमानेमा पारिश्रमिक ड्युटी सेड्युल अप्ठेरो बनाइदिने हर्कत गर्थे । जस्तो राति अबेरसम्म काम गरेको भोलीपल्ट बिहानैको सेड्युल बनाइदिने गर्थे ।
सुरुमा ती युवतीले शाक्यको प्रस्ताव मानिनन्। ती युवतीलाई कामको लागि धेरै अप्ठेरो बनाइयो । शाक्य एचआर प्रमुख भएकाले ती युवतीलाई उनको ठाउँमा अर्को मान्छे ल्याउने चेतावनी दिन्थे । अन्नत जागिर छाड्नेसम्मको अवस्थामा पुर्याएपछि युवती शाक्यको प्रस्ताव मान्न विवश भएकी थिइन् ।
केटीले ‘बलात्कार मुद्दा हाल्छु’ भनेपछि तीन तलाबाट फाल हाले युवाले, हत्कडी लगाउन अस्पतालमै पुग्यो प्रहरी
दबाबकै कारण शाक्यको प्रस्ताव मान्न विवश ती युवतीले पछि आफूमाथि हिंसा भएको र सहन नहुने भन्ने बुझिन् । त्यसको प्रतिवाद गर्ने चेतावनी शाक्यलाई दिएपछि उनले बिहे गर्ने भन्दै फकाएका थिए । ‘बाहिर हल्ला भएमा तिम्रै बेइज्जत हुन्छ’ भन्दै सुरुमा फकाएका शाक्यले पछि युवतीसँग रहँदाका व्यक्तिगत फोटो देखाएर ‘मुख बन्द गर्न’ चेतावनी दिए ।
त्यसपछि युवतीले आफूमाथिको हिंसाको प्रतिवाद गर्ने आँट गरिनन् । शाक्य ती युवतीको डेरामै पुग्थे ।
तर, शाक्यले भने आफूहरुबीच सहमतिमै यौनसम्पर्क भएको भन्दै शोषण नगरेको बयान दिएका छन् । ‘‘हामीले २०७४ चैतमा सहमतिमै यौन सम्पर्क गरेका हौँ । त्यसमा जाहेरीवालाको असहमति थिएन ’’ शाक्यले भनेका छन् ।
उता पीडितले भने आफूलाई दबाब दिएर यौन सम्पर्कको लागि बाध्य पारेको आरोप छ । उता शाक्यले भने आफूहरुबीच सम्बन्ध भएपछि ती युवतीले आफूलाई पटकपटक आफ्नो डेरामा आउन आग्रह गरेको बताएका छन् । ‘‘पछि ती युवतीले बोलाउने गर्थिन् । म नगएमा कार्यालयमा नै झैझगडा गर्ने गर्थिन् । मसँग रिसाउने, गाली गर्ने, मर्छु भन्दै धम्की दिने गर्थिन्’’ शाक्यको प्रतिवाद छ ।
आफूसँग बिहे नगरेमा जे पनि गर्ने धम्की युवतीले दिने गरेको शाक्यको आरोप छ । शाक्यले भने आफू निर्दोष रहेको र सहमतिमै सम्बन्ध राख्दा बलात्कार र यौन शोषणको आरोप खेप्नु परेको भन्दै गुनासो गरेका छन् ।
उता युवतीले भने आफूलाई बाध्य बनाएर यौन शोषण गरेपछि बिहे गर्नुपर्ने माग राखेको अदालतमा बयान दिएकी छिन् । शाक्य एक छोरीका पिता हुन् । श्रीमती पनि साथमै छिन् ।
कमलपोखरीको होटलमा बलात्कार, निस्कँदा बिल तिरेकी युवतीले दिइन् तीन महिनापछि जाहेरी !
शाक्यले युवतीलाई भने ‘डिर्भोस’भएको भन्दै बिहे गर्ने बताउने गरेको पीडितको आरोप छ । आठ वर्षदेखी गुमराहमा रोखेर, विवाह गर्ने झुटो आश्वासन दिँदै इज्जत लुट्दै आएको उनको आरोप छ ।
दबाबमा पारेर यौन शोषण भए पनि शाक्यले बिहे गर्ने प्रतिबद्धता जनाएपछि युवतीले माफी दिएकी थिइन् । ‘‘जबसम्म बिहे हुन्न अब मलाई नछुनु भन्दै अडानमा बसेकी थिएँ ।
तर, शाक्यले १० गते राति भने जवर्जस्ती गरे’’ पीडित युवतीको बयान छ, ‘‘दबाब दिएर, झुक्याएर, फकाएर झुटा आश्वासन दिएर विवाह गर्छु भन्दै शारीरिक शोषण गर्नू बलात्कार हो ।’’
मुद्दा जिल्ला अदालतमा पुगेको छ । थुनछेक बहस केही दिनमै हुँदैछ ।
स्कुल जान्छु भनेर निस्किएकी किशोरी दिनभर घुमफिरमा, रात परेपछि होटलमा बस्दा बलात्कार !
८ मा पढ्ने छोरीले बान्ता गरेपछि अस्पताल लग्दा देखियो ९ महिनाको गर्भ, बलात्कार मुद्दामा प्रेमी पक्राउ
फिल्म खेलाउने भन्दै किशोरीलाई कोटेश्वरको गेस्ट हाउसमा लैजाने कलाकार पक्राउ
लिफ्टदिने भन्दै अपार्टमेन्टमा लगेर बलात्कार ! किशोरी पहिल्लै गर्भवती भएको भन्दै अभियुक्त धरौटीमा छुटे
Facebook Comment
Comment