क्रसरले बनाएको खाल्डोमा डुबेर बालकको मृत्यु

नेपालभ्युज

क्रसरले बनाएको खाल्डोमा डुबेर बालकको मृत्यु

जनकपुरधाम । महोत्तरीको रातुखोलामा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर १३ वर्षीय बालक रिदम विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

शनिबार बिहान पौडी खेल्न भनि घरबाट निस्किएका रिदम घर नफर्किएपछि खोजतलास गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत अवस्थामा भेटेका हुन् ।

उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेसँगै बालबालिका पौडी खेल्न जाने गरेकाले यस्तो घटना भएको स्थानीय बताउँछन् ।

यसअघि बर्दिवास–१४ का १६ वर्षीय रोशन मिश्रको पनि क्रसरले बनाएको खाल्डोमै डुबेर ज्यान गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved