काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा चार प्रतिशतको वृद्धि भएको छ । दुई पटकसम्म सर्किट ब्रेक हानेको बजार अन्त्यमा केही समालिएको थियो ।
आइतबार सेयर बजार परिसूचक ११३ दशमलव ४२ अंकले बढेर २६८१ दशमलव ५६ को विन्दुमा पुगेको छ । आज ३१८ कम्पनीका १ लाख ६३ हजार ८ सय १० पटकको कारोबारमा ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स २६ दशमलव ७८ अंकले बढ्दा फ्लोट इन्डेक्स ८ दशमलव ८६ अंकले बढेको छ । १४८ कम्पनीको मूल्य बढ्दा ८७ वटाको घटेको छ भने ८ वटा स्थिर रहेको छ ।
१२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वाधिक कारोबार कुमारी बैंक र एनआइशी एसिया बैंकको भएको छ ।
Facebook Comment
Comment