काठमाडौं उपत्यकाका खोला उर्लिए, भोलिसम्म सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

काठमाडौं उपत्यकाका खोला उर्लिए, भोलिसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  वर्षाका कारण काठमाडौं, ललितपुरलगायत देशका विभिन्न ठाउँका नदी तथा खोलामा जलसतह बढेको छ । काठमाडौंस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आइतबार बिहान जलसतहले खतरा तह पार गरेको छ ।

ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आइतबार बिहान जलसतह सतर्कता तह पार गरेको छ । वर्षा जारी रहेकाले उपत्यका भित्रका नदी तथा खोलको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्मै सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै, काठमाडौंको बूढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपासमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह थप बढ्न सक्ने सम्भावना छ ।

त्यस्तै उपत्यका बाहिर गोरखास्थित दरौदी खोला, नयाँ साँगु जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved