सेयर कर्जाको २० करोड सीमा खारेज 

नेपालभ्युज

सेयर कर्जाको २० करोड सीमा खारेज 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २० करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिनेछ ।’

हाल सेयर कर्जामा व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोडसम्मको सीमा तोकिएको छ । जसअनुसार संस्थागत लगानीकर्ताहरूको सीमा खारेज गर्ने केन्द्रीय बैंकले जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved