दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १४ अर्बमाथि

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १४ अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३० अंकले बढेर २५६८ दशमलव ११ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२० कम्पनीका १ लाख ५९ हजार ७ सय ५७ पटकको कारोबारमा ३ करोड ५५ लाख ५४ हजार ८ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फ्लोट इन्डेक्स २ दशमलव ५० अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ९ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ८३ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये चार वटा घटेको छ भने ९ वटा बढेको छ । सर्वाधिक बढ्नेमा निर्जीवन बीमा र माइक्रोफाइनान्स कम्पनी रहेको छ । आज उपकार लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved