महिला एसिया कपमा श्रीलंकासँग थाइल्यान्ड १० विकेटले पराजित, सेमीफाइनल समीकरण पनि पूरा

नेपालभ्युज

महिला एसिया कपमा श्रीलंकासँग थाइल्यान्ड १० विकेटले पराजित, सेमीफाइनल समीकरण पनि पूरा

काठमाडौं । एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको शानदार जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो ।

शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ ।

पराजित थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले पाकिस्तानसँग खेल्नेछन् ।

सेमिफाइनलका दुवै खेल भोलि हुनेछन् । नेपाल महिला क्रिकेट टोली भने समूह चरणबाटै बाहिरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved