विमान दुर्घटनाप्रति बागमती प्रदेश प्रमुख शर्माले गरे शोक व्यक्त

नेपालभ्युज

विमान दुर्घटनाप्रति बागमती प्रदेश प्रमुख शर्माले गरे शोक व्यक्त
फाइल फोटो

बागमती । सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शोक व्यक्त गरेका छन् ।

बुधबार शोक विज्ञप्ति जारी गर्दैं उनले विमान दुर्घटनामा परी निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । उनको हाल काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।  रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved