लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, यस्तो बन्यो ९ सदस्यीय मन्त्रिमण्डल

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, यस्तो बन्यो ९ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहान पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।

सपथ लिएसँगै आचार्यले मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले कांग्रेसका र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।

दुई दलबीच कुन मन्त्रालय लिने भन्नेबारेमा अझै सहमति नजुटेपछि आचार्यले विनाविभागिय मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री भएका छन् ।

कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।

त्यस्तै एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सिता शर्मा मन्त्री भएका हुन् ।

आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनीहरुलाई भोलिसम्ममा मन्त्रालयको जिम्मेवारी तोकिने आचार्यले बताए ।

हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved