बेलचौतारामा ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

नेपालभ्युज

बेलचौतारामा ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
सांकेतिक स्केच

तनहुँ । तनहुँको भीमाद बेलचौतारा नजिक ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

भीमाद नगरपालिका– ६ शान्तनगर माझटारका ३५ वर्षीय पिताम्बर नेपाली पक्राउ परेका हुन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगेर डर–धम्की देखाई शनिबार साँझ करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved