झिनो अंकले बढ्यो सेयर बजार 

नेपालभ्युज

झिनो अंकले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । आज नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेर २४८८ दशमलव ०९ विन्दुमा पुगेको छ ।

३०९ कम्पनीका १ लाख ७० हजार ५ सय ५९ पटकको कारोबारमा ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ० दशमलव ८९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ३२ अंकले घटेको छ । १३ उपसमूहमा ६ वटा घट्दा ७ वटा बढको छ । आज सर्वाधिक बढ्नेमा निर्माण कम्पनी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved