मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजस्व सङ्कलन

नेपालभ्युज

मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयबाट गत आवमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार अनुसार गत आव २०८०/८१ मा कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापार घाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार रुपैयाँ पुगेको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार रुपैयाँ बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ निर्यात रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved