मनसुनमा बढ्छ पेटको समस्या, यी कुरा ध्यानमा राख्नुहोस्

नेपालभ्युज

मनसुनमा बढ्छ पेटको समस्या, यी कुरा ध्यानमा राख्नुहोस्
साङ्केतिक तस्वीर

काठमाडौं । मनसुनको समयमा पेटको संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ ।

आउनुहोस्, मनसुनमा पेटको संक्रमणबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे जानौँ ।

उमालेको पानी पिउनुहोस्

मनसुनमा पानीको माध्यमबाट रोग धेरै छिटो फैलिन्छन् । यस मौसममा कीटाणु पनि द्रुत रूपमा बढ्न थाल्छन्, जसले पिउने पानीलाई दूषित गर्न सक्छ । त्यसैले पानी राम्ररी उमालेर पिउनुहोस् । यसो गर्दा पानीमा रहेका कीटाणु मर्छन् ।

स्ट्रीट फूड नखानुहोस्

वर्षाको मौसममा हामीलाई बाहिरको खाना खान मन लोभिन्छ तर, बाहिर राखिएको खानेकुरामा झिंगा बसेका हुन्छन् जसले गर्दा खाना दूषित हुन्छ । त्यस्तै बाहिरको खाना ताजा छ कि छैन त्यसलाई राम्ररी सफा गरिएको छ वा छैन भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले यो मौसममा मनलाई अलिकति नियन्त्रणमा राख्नुहोस् र घरमा बनाएको खानेकुरा मात्र खानुहोस् ।

काँचो खानेकुरा नखानुहोस्

मनसुनमा काँचो तरकारी र फलफूलमा कीरा र कीटाणु बढ्न थाल्छन् । त्यसैले ती फलफूल काँचो खानु तपाईंको लागि हानिकारक हुन सक्छ । यस मौसममा सलाद वा जुस पिउने नगर्नुहोस् र तरकारी राम्ररी धोएर पकाएर मात्र खानुहोस् ।

प्रोबायोटिक्स खाने

यस मौसममा पेटको संक्रमणबाट बच्न आफ्नो आहारमा प्रोबायोटिक्स अवश्य समावेश गर्नुहोस् । यसले पेटको संक्रमणको जोखिम कम गर्छ । यसका लागि दही र मोहीलाई आहारमा समावेश गर्न सकिन्छ ।

प्रतिरक्षा प्रणाली वृद्धि

संक्रमणबाट बच्न तपाईंले आफ्नो प्रतिरक्षाप्रणाली बढाउनुपर्छ । यसका लागि भिटामिन–सी, एन्टिअक्सिडेन्ट, फोलेट, भिटामिन–ए, भिटामिन–बी र म्याग्नेसियमयुक्त खानेकुरा आफ्नो आहारमा समावेश गर्नुहोस् । यसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved