साउनको पहिलो सोमबार : झरीमा रुझ्दै शिवालयमा दर्शनार्थीको घुइँचो (तस्वीरहरु)

साउनको पहिलो सोमबार : झरीमा रुझ्दै शिवालयमा दर्शनार्थीको घुइँचो (तस्वीरहरु)

काठमाडौं। आज साउनको पहिलो सोमबार। साउन र सोमबारलाई हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवको प्रिय मानिन्छ। साउन महिना र सोमबार शिवको स्तुति गर्नाले मानव तथा चराचर जगतका लागि कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ।

यस दिन हिन्दु धर्मावलम्बीले भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाएर पूजाअर्चना गर्दछन्।

हिन्दु पुराणहरूमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ। साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष।

अन्य बारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ।

आज देशभरका शिवालयहरूमा श्रद्धालुहरूको ठूलो भीड लाग्दछ। आज बोलबम तीर्थयात्रीहरूले पनि शिवालयहरूमा गई भगवान् शिवलाई जल चढाउने गर्दछन्।

“तस्वीरमा गोकर्णेश्वर महादेव मन्दिरमा श्रद्वालुहरु”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved