महिला एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

नेपालभ्युज

महिला एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडाैं । महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल  पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति श्रीलंकाको रङ्गिरी दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०८ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितमा गुल फेरोजाले ५७ रन बनाउँदा मुनिबा अली ४६ रनसहित नटआउट रहिन् ।

यसअघि टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनायो  । यसअघिको पहिलो खेलमा  यूएई नेपालसँग पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved