नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य

नेपालभ्युज

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १०८ रन बनाएको हो।

नेपालका लागि कविता जोशी ३१ रनमा अविजित रहिन्। सीता राना मगरले २६, पुजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे।

रुबिना क्षेत्री ८, सम्झाना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दु बर्मा भने शून्यमा आउट भइन।

पाकिस्तानका लागि सादिया इक्बालले २ तथा फातिमा सानाले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved