ओलीप्रति माधव नेपालको कटाक्ष: आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो

नेपालभ्युज

ओलीप्रति माधव नेपालको कटाक्ष: आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको भन्दै कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले ओलीले आफू स्वर्ग गए पनि अरूलाई नर्कमा धलेको टिप्पणी गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेर आश्वासन दिएको नेता नेपालले सुनाए । तर, बिचबाटोबाटै लात्ताले धकेलेर नर्कमा धकेलेको टिप्पणी गरे ।

‘‘पाँच वर्ष सँगै जाने, स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो । तर, आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो’’ उनले भने ।

अध्यक्ष नेपालले त्यसोभन्दा सांसदहरू हाँसेका थिए ।

यसअघि २८ असरमा संसदमा विश्वासको मत लिँदै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको सुनाएका थिए ।

ओलीले असार १७ गतेको भेटमा ‘स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने’ भनेर धोका दिएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved