उपसभामुखको बचाउमा रवि, भने, सन्दिपलाई भिसा दिन संसदमै कुरा उठ्दा उपसभामुखले सिफारिस किन नगर्ने ?

नेपालभ्युज

उपसभामुखको बचाउमा रवि, भने, सन्दिपलाई भिसा दिन संसदमै कुरा उठ्दा उपसभामुखले सिफारिस किन नगर्ने ?

काठमाडौं । संसद्सँग असम्बन्धित पाँचजना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख इन्दिरा रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको घटनामा रास्वपा सभापति रवि लामिछानेले प्रतिरक्षा गरेका छन् ।

अमेरिकाले भिसा नदिएपछि खेल खेल्न अमेरिका जान नपाएका बेलामा सन्दीप लामिछानेको पक्षमा संसदमै कुरा उठेको भन्दै रविले उपसभामुखले अन्तरवार्ताको लागि मात्रै सिफारिस गरेको तर्क गरे ।

कांग्रेस एमालेलगायतले मानव तस्करसँग जोडेर व्याख्या गर्दै छानबिन र राजीनामा माग गरेपछि रविले जेलमा रहेका बाबुआमाको परिवारलाई आश्रम दिएकी उपसभामुखलाई पैसाको खाँचो नभएको र मानव तस्करी गर्नु नपर्ने तर्क गरे ।

रविले भने, ‘‘इन्दिरा रानालाई संसारले मानेको छ । केही लाखका लागि उहाँले रुन पर्दैन । एकसयएक संस्थाहरूले केही बचनमा करोडौँ सहयोग गरेको उदाहरण छ । तर, यो अप्रमाणित विषयमा कतिपय सांसदले विरोध गरे । आरोप लगाए । यही सदनमा र सडकमा समेत फलानोलाई भिसा दिनुपर्छ भनेर माग्नेहरू यही सदनमा हुनुहुन्न ? यसैले उहाँले भिसाको लागि समय मिलाइदिनुस् भनेर भनेको स्विकार्नुभएको छ । यो पदिय मर्यादाविपरित भएको पनि स्विकार्नुभएको छ । ’’

गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको थिएन । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् ।

उनी सडकमै आन्दोलनमा गएका थिए । त्यो विषयमा संकेत गर्दै रविले ‘यही सदनमा र सडकमा समेत फलानोलाई भिसा दिनुपर्छ भनेर माग्नेहरू यही सदनमा हुनुहुन्न ?’ भन्दै शाहीलाई ईङ्कित गरेका हुन् ।

रास्वपा सभापति लामिछानेले यस घटनामा छानबिन गर्नुपरेमा आफूहरूको पनि सहमति रहेको धारणा पार्टीले सार्वजनिक गरेको प्रस्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved