बागमतीमा कांग्रेसले आजै मुख्यमन्त्रीमा दाबी गर्ने

नेपालभ्युज

बागमतीमा कांग्रेसले आजै मुख्यमन्त्रीमा दाबी गर्ने

काठमाडौं । बागमतीका मुख्यमन्त्री शालीकराम जमकट्टेलले विश्वासको मत नपाएसँगै आजै नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको छ ।

जमकट्टेलले विश्वासको मत नपाउने निश्चित भएपछि  कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गर्ने भएका हुन् ।

लामा संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्ने गरि गठबन्धनभित्र सहमति जुटेको बताइएको छ ।

लामा नै मुख्यमन्त्री बन्नेगरी सबै तयारी पुरा गरिसकेको एमाले सांसद केशव पोखरेलले जानकारी दिए । लामाले दाबी पेश गरेलगत्तै प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।

मुख्यमन्त्रीको शपथसँगै सबै मन्त्रीको नियुक्तिको तयारी समेत गरिएको पोखरेलले बताए । एमाले र कांग्रेसबीच ६ –६ वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।

तामाङ र नेवारी भाषालाई प्रदेशको सरकारी भाषा बनाइएको बागमतीमा पहिलो पटक तामाङ समुदायबाट लामा मुख्यमन्त्री बन्न लागेका हुन् ।

कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय गएर आजै दाबी पेश गरिने कांग्रेस सांसद रामकृष्ण चित्रकारले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved