महाकाल भैरवको मूर्तिमा प्राण प्रतिष्ठा (तस्वीरहरू)

महाकाल भैरवको मूर्तिमा प्राण प्रतिष्ठा (तस्वीरहरू)

काठमाडौं । बौद्ध महाकालमा निर्माण गरिएको भगवान् महाकाल भैरव र बौद्ध धर्म गुरु पद्मसम्भवको मूर्तिमा शनिबार प्राण प्रतिष्ठा गरिएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा ८६ वर्षिय बौद्ध धर्म गुरु नाम्खा रिन्पोछेले बौद्ध धार्मिक विधि अनुसार मूर्तिमा प्राण प्रतिष्ठा गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित महाकाल भैरव र गुरु पद्मसम्भवको मूर्ति करिब ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो।

सोही मूर्तिमा यही साउन ९ गते हिन्दु धर्म र बज्रायान विधि अनुसार हिन्दु र बज्राचार्य गुरुहरूबाट परम्परा अनुसार प्राण प्रतिष्ठा हुने बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

तस्वीरहरु– 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved