कुवेती दिनारले तोड्यो रेकर्ड, कुन विदेशी मुद्राको विनियम दर कति ? 

नेपालभ्युज

कुवेती दिनारले तोड्यो रेकर्ड, कुन विदेशी मुद्राको विनियम दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरको छ । जसअनुसार आज कुवेती दिनारको मूल्यले रेकर्ड तोडेको छ । शुक्रबार कुवेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ४३९ रुपैयाँ रहेको छ ।

बिहीबार दिनारको मूल्य ४३६ रुपैयाँ ८२ पैसा रहेको थियो भने बिक्री दर ४३८ रुपैयाँ ७८ पैसा रहेको थियो ।

आज यूरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७४ रुपैयाँ १५ पैसा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved