अमिताभ भन्छन् – प्रभासको फिल्मले १००० करोड कमाउनु दिनचर्या हो

नेपालभ्युज

अमिताभ भन्छन् – प्रभासको फिल्मले १००० करोड कमाउनु दिनचर्या हो

काठमाडौं । नाग अश्विनको निर्देशनमा बनेको फिल्म ‘कल्की २८९८ एडी’ ले १००० करोड भारूभन्दा बढी कलेक्सन गरेको छ ।

यो सफलतामा फिल्ममा अश्वत्थामाको भूमिका निभाएका अभिनेता अमिताभ बच्चनले एउटा भिडिओ सेयर गरेका छन् । भिडियोमा बिग बीले जनतालाई धन्यवाद दिएका छन् । साथै, को-स्टार प्रभासको पनि तारिफ गरे ।

अमिताभले भने, ‘म यहाँ सबैलाई धन्यवाद दिन आएको हुँ । तपाईहरूले यो फिल्मलाई यति धेरै माया दिनुभयो कि यसले १००० करोड कमाएको छ । म मेरा सहकलाकार कमल हसन, प्रभास र दीपिकालाई पनि धन्यवाद दिन्छु । साथै यस चलचित्रको सफलताको लागि सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु ।’

उनले अगाडि भनेका छन्, ‘मेरो लागि १००० करोड रूपैयाँ नयाँ कुरा हो तर, प्रभासका लागि यो दिनचर्या जस्तै हो।’

भिडियोमा अमिताभले यो फिल्म अहिलेसम्म चार पटक हेरिसकेको पनि बताए । अन्त्यमा उनले यो फिल्मको दोस्रो भागमा पनि आफूलाई देख्न सकिने आशा रहेको बताएका थिए ।

फिल्म ‘कल्की’ मा अमिताभका अलावा प्रभास, दीपिका पादुकोण र कमल हसन जस्ता कलाकारहरू पनि देखिएका थिए । यसको दोस्रो भागको छायांकन छिट्टै सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved