निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब सुन्नुपर्दैन : अर्थमन्त्री पौडेल

नेपालभ्युज

निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब सुन्नुपर्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले चाँडै भुक्तानी पाउने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले ‘निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्नु नपर्ने’ बताए ।

‘राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन’, उनले भने ।

सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको पौडेलको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved