सेयर बजारमा उछाल, १२ अर्बमाथिको कारोबार

नेपालभ्युज

सेयर बजारमा उछाल, १२ अर्बमाथिको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । परिसूचक ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ अकंमा पुगेर बन्द भएको छ ।

बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

२०४ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य भने घटेको छ । सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

बुधबार बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, फाइनान्स समूह ५ .५० प्रतिशत, होटल तथा पर्यटन समूह ५.५५ प्रतिशत, जलविद्युत समूह १.७१ प्रतिशत, लगानी समूह १.५३ प्रतिशत, जीवन बीमा समूह २.१८ प्रतिशत, म्यानुफ्याक्चरिङ समूह ३.०२ प्रतिशत, लघुवित्त समूह १.८४ प्रतिशत बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved