नक्कली डीएसपी बनेर सरकारी कार्यालयमा अनुगमन, ठगेपछि पक्राउ

नेपालभ्युज

नक्कली डीएसपी बनेर सरकारी कार्यालयमा अनुगमन, ठगेपछि पक्राउ

काठमाडौं । आफूलाई सीआईबीको डीएसपी भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका ५ घर भएका ३० वर्षीय नैनसिंह विक छन् ।

विकलाई कोहलपुर नगरपालिका ११ बाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले विकबाट ठगिएकाहरूलाई प्रहरीमा सम्पर्क गर्न आग्रह पनि गरेको छ । अहिले अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved