आज हरिशयनी एकादशी : बूढानीलकण्ठमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

आज हरिशयनी एकादशी : बूढानीलकण्ठमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी मनाउँदै छन् ।

पुराणहरूमा उल्लेख भएअनुसार आसार शुक्ल एकादशीदेखि भगवान विष्णु चार महिनासम्म क्षीर सागरमा सुत्नेछन् ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । यस समयलाई चतुर्माससमेत भन्ने गरिन्छ।

हिन्दु धर्मावलम्बीहरूले आज घर घरमा तुलसीको बिरुवा रोप्ने गर्दछन्। हिन्दु धर्मशास्त्रमा तुलसीलाई भगवान बिष्णुको रुपमा पुजिन्छ।

भगवान बिष्णु क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमास भरि कुनै पनि मङ्गल कार्यहरूजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरू हुन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved