तुलसी रोपेर आज हरिशयनी एकादशी पर्व मनाइँदै

नेपालभ्युज

तुलसी रोपेर आज हरिशयनी एकादशी पर्व मनाइँदै

काठमाडौं । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ ।

सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने धार्मिक मान्यता छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ ।

कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुनेछ । यो चतुर्मास अवधि भर विशेष मांगलिक कार्य गर्न नहुने मान्यता छ ।

यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठ भने गर्न सकिने छ । यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व छ । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्ने गर्छ ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा पनि तुलसीको महत्व छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved