काठमाडौं । सत्तारोहणसंगै एमालेका विष्णु पौडेलले अर्थमन्त्रीको शपथ ग्रहण गरेकै दिन सेयर बजार राताम्मे भएको छ । विष्णु पौडेलले अर्थमन्त्रालको बागडोर सम्हालेसँगै सेयर बजारमा बुल–बुल आउने धेरैले आंशका गरे पनि लगानीकर्ताले पौडेललाई रातो खाँदाले स्वागत गरेका छन् ।
आज सेयर बजार परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० दशमलव ४१ को विन्दुमा पुगेको छ । आइतबार ३२२ कम्पनीको १ लाख २ हजार ३ सय ७२ पटकको कारोबारमा २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ४ दशमलव ०७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ३६ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६७ अंकले घटेको छ ।
१३ उपसमूहमध्ये हाइड्रोपावर, निर्माण कम्पनी, इन्भेष्टमेन्ट र म्युचुअल फण्ड सामान्य अंकले बढ्दा ९ वटा घटेका छन् । आज सर्वाधिक घट्नेमा जीवन बीमा र निर्जीवन बीमा रहेका छन् ।
सिभिल बैंक डिभेन्चरको सेयर १०७ रुपैयाँले बढेर ११८५ रुपैयाँ पुगेको छ भने, मान्डु हाइड्रोपावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र एनआइबीएल ग्रोथ फन्डका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
Facebook Comment
Comment