एजेन्सी । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा पाँच हजार करोड भारतीय रुपैयाँ खर्च भएको चर्चा चलिरहेको छ ।
यसैबीच अर्को खबर आएको छ अनन्तले विवाहमा साथीहरुलाई दिएको उपहारका बारेमा । उनले विवाहपछि उपहारमा आफ्ना विशेष २५ जना साथीलाई दुई करोडको विशेष घडी उपहार दिएका छन् ।
Audemars Piguet ब्रान्डका घडीहरु १८ क्यारेट रोजगोल्डबाट बनेका छन्, जसमा सफायर क्रिस्टल समेत लगाइएको छ । यी घडीमा निलो डायल छ, जसमा दिन, गते, मिति, लिप एयरका साथै चन्द्रमा र सूर्यको बारेमा पनि जानकारी दिइएको छ ।
शाहरुख खान, रणवीर सिंह र अर्जुन कपूर समेत अनन्त अम्बानीले आफ्ना २५ जना साथीलाई यो घडी गिफ्ट गरेका छन् ।
यो विशेष घडीका साथ रणवीर सिंहले आफ्नो तस्वीर पोस्ट गरेका थिए । अनन्त अम्बानीको विवाहपछिको शुभ आर्शिवाद समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत कयौं राजनीतिज्ञ र ठूला हस्ती सहभागी थिए ।
Facebook Comment
Comment