एमालेले टुङ्गो लगायो मन्त्री बन्नेको नाम, दुईजना दोहोरिने

नेपालभ्युज

एमालेले टुङ्गो लगायो मन्त्री बन्नेको नाम, दुईजना दोहोरिने

काठमाडौं । नेकपा एमालेले पार्टीबाट मन्त्री बन्नेको नाम टुङ्गो लगाएको छ ।

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेल जाने बताइएको छ । सरकारको प्रवक्ताको जिम्मेवारीसहित पृथ्वी सुब्बा गुरुङलाई संचारमन्त्री बनाउने तयारी भएको छ ।

स्रोतका अनुसार राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै विद्या भट्टराईले शिक्षा तथा मानवीर राईले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन् । उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने बताइएको छ । संघीय मामिलामा राजकुमार गुप्तालाई लैजाने एमालेको तयारी छ ।

विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल र मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

यी नाममा लगभग सहमति जुटेको भनिएपनि शपथ ग्रहणको बेलासम्म केही नाम र जिम्मेवारी हेरफेर हुनसक्ने नेताहरुको भनाई छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved