एजेन्सी । हाम्रो जीवनमा ‘ओटीटी’ शब्द एकदमै सामान्य भइसकेको छ । ओटीटी प्लेटफर्म हाम्रो दिनचर्या र मनोरञ्जनमा सामेल भइसकेको छ ।
ओटीटीले मनोरञ्जनलाई एकदमै सजिलो पनि बनाइदिएको छ । तर, के तपाईंले सोच्नुभएको छ कि यसको अर्थ के हो ? यसको पूरा रुप के हो ?
ओटीटीको अर्थ बुझ्न सबैभन्दा पहिला यसको पूर्ण रुपका बारेमा जान्न जरुरी हुन्छ । ओटीटीको फूल फर्म ‘ओवर द टप’ (Over the Top) हुन्छ ।
अब जानौं यसलाई किन ओटीटी प्लेटफर्म भनिन्छ । यो एउटा यस्तो प्लेटफर्म हो, जो कुनै अन्य प्लेटफर्मको सहयोगले मोबाइलमा नै वेब सीरीज, फिल्म तथा अन्य कार्यक्रम उपलब्ध गराउँछ ।
जसरी टेलिभिजन च्यानलमा नयाँ नयाँ कार्यक्रम आउने गर्छन् । त्यसरी नै ओटीटीमा पनि विभिन्न नयाँ कार्यक्रम प्रसारण हुन्छन् । कतिपय नयाँ फिल्म समेत सिनेमाघरमा रिलीज नभएर ओटीटीमा मात्र पनि हुने गर्छन् ।
Facebook Comment
Comment