काठमाडौं । काठमाडौं महानगरपालिकालाई न्यूरोडको फुटपाथ विस्तार गर्न बाटो खुलेको छ ।
उच्च अदालत पाटनका न्यायाधीद्वय धुव्रराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार काठमाडौं महानगरको मागबमोजिम फुटपाथ विस्तार गर्न आदेश दिएको हो ।
महानगरले फुटपाथ विस्तारका लागि न्यूरोडको कालोपत्र काटेपछि सडक डिभिजन, काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भनेर अवरोध गरेपछि महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
अदालतले दिएको आदेशमा भनिएको छ, ‘संविधानको व्यवस्था, कानुनका प्रावधान, सडक नीति र मापदण्ड समेतलाई दृष्टिगत गर्दा निवेदक महानगरपालिकाले सञ्चालन गर्न लागेको फुटपाथ (सडक पेटी) विस्तार सम्बन्धी योजना सञ्चालन एवं सम्पन्न गर्न रोक लगाउने गरी विपक्षी सडक डिभिजन कार्यालय काठमाडौँबाट निवेदक काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा प्रेषित गरेको मिति २०८१/०२/१३ च. नं. १८०८ र मिति २०८१/०२/१६ को च. नं. १८३० को पत्र प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’
Facebook Comment
Comment