‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, साँच्चै लिएका नै कि ७ लाख कर तिरेका मात्र ?

तर, कतिपयले भने उनले यति धेरै पारिश्रमिक नलिए पनि कर मात्रै तिरेर पुष्टि गर्न खोजेको आरोप लगाएका छन् ।

नेपालभ्युज

‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, साँच्चै लिएका नै कि ७ लाख कर तिरेका मात्र ?

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘फर्की फर्की’ बाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत भन्दै ७ लाख ५० हजार कर तिरेको छन् ।

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिद सार्वजनिक गरेका हुन् ।

फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।

तर, कतिपयले भने उनले यति धेरै पारिश्रमिक नलिए पनि कर मात्रै तिरेर पुष्टि गर्न खोजेको आरोप लगाएका छन् । समकालीन अभिनेताहरूमा आफू सबैभन्दा पारिश्रमिक लिने भन्ने प्रचार गर्न मात्रे उनले कर तिरेको देखाइएको बताइन्छ ।

अहिलेसम्म कलाकारहरूले जति पारिश्रमिक लिए पनि कति कर बुझाए भन्ने खुलेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved