साना दल पनि सरकारमा आउने, कांग्रेस–एमालेले लिएको मन्त्रालय संख्या कटौती गरिने

नेपालभ्युज

साना दल पनि सरकारमा आउने, कांग्रेस–एमालेले लिएको मन्त्रालय संख्या कटौती गरिने

काठमाडौं । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ । सहमति अनुसार कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने भनिए पनि एकएक मन्त्री घटाएर टुंग्याउनेगरी आन्तरिक गृहकार्य चलिरहेको छ ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन् । प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने तयारीसँगै मन्त्री छान्न लागिएको हो ।

साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको नेताहरु बताउँछन् । उनले भने, ‘सरकारको दायरा फराकिलो बनाउन छलफल चलिरहेको छ । हेरौँ कुन कुन दल सहभागी हुन्छन् भन्ने साँझसम्ममा टुङ्गिन्छ ।’

जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सुरुमा कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो । दुई दलबीच एक–एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको थियो । तर, साना दलको लागि भाग दिनको लागि घटाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved