सरकार नभएपछि संसद बैठक सोमबारका लागि सारियो

नेपालभ्युज

सरकार नभएपछि संसद बैठक सोमबारका लागि सारियो

काठमाडौं । संघीय संसदका दुवै सदनका बैठक सोमबारका लागि सारिएको छ ।

नयाँ सरकार बनिनसकेकाले बैठक भोलिका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

नयाँ सरकार गठन आज मात्रै हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो ।

आइतबार दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे र आजै दिउँसो सवा १ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved