नाइजेरियामा विद्यालय भवन भत्किँदा २१ जनाको मृत्यु, एक सय बेपत्ता

नेपालभ्युज

नाइजेरियामा विद्यालय भवन भत्किँदा २१ जनाको मृत्यु, एक सय बेपत्ता

काठमाडौं । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा १०० जना पुरिएका छन् ।

स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ ।

नाइजेरियाली अखबार पञ्चले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ।

शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved