हान्सी फ्लिकले गरे एफसी बार्सिलोनाको प्रशिक्षण शुरुवात

नेपालभ्युज

हान्सी फ्लिकले गरे  एफसी बार्सिलोनाको प्रशिक्षण शुरुवात
तस्वीरः एफसी बार्सिलोना

एजेन्सी । जर्मन ह्यान्सी फ्लिकले एफसी बार्सिलोनाको प्रशिक्षण शुरु गरेका छन् । जुलाई ११ बाट २०२४÷२५ सिजन शुरु गरेका हुन् । नयाँ प्रशिक्षकले बिहान र दिउँसो दोहोरो सत्रको साथ बार्सासँग आफ्नो पहिलो प्रशिक्षण सत्रको नेतृत्व गरेका थिए । युइएफए युरोपियन च्याम्पियनसिप वा कोपा अमेरिका खेल्न नजाने खेलाडी गाबी र अलेजान्ड्रो बाल्डेलगायतले प्रशिक्षणमा भाग लिएका थिए ।

प्रशिक्षणमा सहायक टोलीका १० फुटबलर पनि सामेल भएका छन् । युइएफए युरोमा खेल्न गएका लामाइन यामल वा लेवान्डोस्की लगायतका खेलाडी र कोपा अमेरिका खेल्न गएका रोनाल्ड अराउजो वा राफिन्हालगायतका खेलाडीले प्रतियोगिता र केही दिनको बिदापछि सहभागी हुने योजना बनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved