काठमाडौं। दनदनी बलेको आगोको भुङ्ग्रोमाथि उफ्रनु सामान्यतया कल्पनाभन्दा बाहिरको कुरा हो । आगोको भुङ्ग्रोमा उफ्रनु त परको कुरा, छुँदा पनि पोल्ने गर्दछ ।
तर क्षेत्रीय कुलमा मष्ट बिधीबाट गरिने तान्त्रिक खली पुजामा दनदनी बलेको आगोको भुंग्रो माथी उफ्रने गरिन्छ।
असार २७ गते राती हामीले यस्तै दृश्यहरु क्यामेरामा कैद गरेका छौ। गोकर्णेश्वर नगरपालिका ४ सन्डोलमा गोदार थापा कुलको खली पुजाका यस्तै दृश्य देखियो।
बोलचालीको भाषामा ‘खली खुवाउने’ भनिने यो तान्त्रिक मष्ट पुजा डांग्रेहरुको लागि एउटा कठिन परीक्षा पनि हो।
मष्ट तान्त्रिक धामी सरोज कार्कीका अनुसार खली खाने डांग्रे लामो प्रक्रियाबाट छनोट गरिन्छ। छनोटका लागि धामीले पूजा गर्दा जसको शरीरमा कुलदेवता, कुलायन, वायु देवता आदि चढ्छ, उनीहरू मात्र डांग्रे भएर खली खान योग्य हुन्छन्।
तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसको जिउमा कुलदेवता चढ्ने कार्कीले बताए।
कुलदेवता शरीरमा आएपछि उनीहरूलाई पटकपटक विभिन्न विधिबाट परीक्षण गरिन्छ। ती परीक्षण सफल रुपमा पार भएपछि अन्तिममा मात्रै खली खुवाएर डांग्रे बनाइन्छ ।
खली खुवाउन बालिने आगो तान्त्रिक विधिबाट जगाइन्छ। यसरी जगाइएको १०८ भारी दाउराको उक्त आगोको भुंग्रो छुँदा पनि नपोल्ने कार्की बताउछन।
तस्वीरहरु:-

Facebook Comment
Comment