भैरहवा विमानस्थलमा धस्सिएको बुद्ध एअरको जहाज निकाल्न थप समय लाग्ने

नेपालभ्युज

भैरहवा विमानस्थलमा धस्सिएको बुद्ध एअरको जहाज निकाल्न थप समय लाग्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा धस्सिएको बुद्ध एअरको जहाज पार्किङ्मा ल्याउन थप समय लाग्ने भएको छ ।

जहाजको अगाडि पट्टीको भाग धेरै धस्सिएका कारण पार्किङ् वे मा ल्याउन समस्या भएको हो ।

जहाजको पछाडीको भाग भने धावनमार्गमा नै छ ।

बुधबार राति काठमाडौंबाट गएको जहाज अवतरण गर्ने क्रममा जहाज धावनमार्गमा चिप्लिएर जमिनमा धस्सिएको हो ।

जहाज निकाल्न प्राविधिक टोली भैरहवा पुगिसकेका छन् ।

भारी वर्षाका कारण जहाज धावनमार्गमा चिप्लिएर घासे मैदानमा पुगेको विमानस्थल स्रोतले जनाएको छ ।

राति साढे ९ बजे विमान भैरहवामा अवतरण भएको थियो । सबै यात्रु सकुशल रहेको बुद्ध एअरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved