काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १, कोशीमा १९, मधेसमा ४, बागमतीमा ५, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी ८८ जनाको मृत्यु भएको हो ।
यस्तै काठमाडौँ उपत्यकामा ३, कोशीमा ३१, मधेसमा ७, बागमतीमा ४, गण्डकीमा २६, लुम्बिनीमा ९, कर्णालीमा १५ र सुदूरपश्चिममा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशीमा ४१, गण्डकीमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी कोशीमा २, बागमतीमा २ र गण्डकीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ ।
Facebook Comment
Comment